पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको आज वीर अस्पतालमा अप्रेशन हुँदैछ।
न्युरो–इन्डोक्राइनको ट्युमर शल्यक्रिया (अपरेसन) का लागि नेता भट्टराई आज बिहान वीर अस्पतालमा पुगेका छन्। उनले पत्नी हिसिला यमीसहित आफू अहिले वीर अस्पतालमा रहेको भन्दै सामाजिक सञ्जालमार्फत तस्बिरसमेत सार्वजनिक गरेका छन्।
उनको आजै अप्रेशन हुने अस्पताल स्रोतले जनाएको छ। डा. सुबोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले नेता भट्टराईको अप्रेशन गर्नेछन्।
यसअघि डाक्टर भट्टराई ट्युमरमा क्यान्सर भएको शंकाले भारत गएका थिए। तर त्यहाँको अस्पतालले परीक्षण गरी क्यान्सर नभएको पुष्टि गरेको थियो। ट्युमर भने चाँडै फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका थिए।
3
Shares
प्रतिक्रिया