प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा रहेको भनी केही सञ्चारमाध्यमले झुटो प्रचार गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी विष्णु रिजालगायत नेतामा कोरोना संक्रमण देखिएपछि केही सञ्चारमाध्यमले एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलगायत आइसोलेसनमा बसेको भनी समाचार प्रकाशन गरेका थिए।
तर त्यो झुटो कुरा भएको भनी प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले खण्डन गरेका हुन्। सत्यतथ्य नबुझीकन दुष्प्रचार गरिएको भन्दै उनले सम्बन्धित सञ्चारमाध्यमको निन्दा गरेका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा
‘मिडियाको भ्रम प्रचार’ शीर्षकमा प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कतिपय सञ्चारमाध्यमले नियोजित रूपमा प्रधानमन्त्री आइसोलेसनमा भनी तथ्यहीन सम्प्रेषण गरेर भ्रम फैलाउनु खेदजनक छ। भेरिफाई नै नगरी यस्तो दुष्प्रचारमा संलग्न नहुन सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छु। मिडियाको आवरणमा यसरी गलत कार्य गर्नु सर्वथा गलत हो।’
Shares

प्रतिक्रिया