प्रधान सेनापति पूर्णचन्द्र थापाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव एसला रुवान विराकुनसँग भेटवार्ता गरेका छन्।
भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
यस्तै आज नै थापाले नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकीसँग पनि भेटवार्ता गरेका छन्।
प्रतिक्रिया