राजनीति


गण्डकीमा सत्ता संरक्षित गुण्डागर्दी : कांग्रेस

गण्डकीमा सत्ता संरक्षित गुण्डागर्दी : कांग्रेस

नेपालखबर
बैशाख १५, २०७८ बुधबार १३:१०,

गण्डकी प्रदेशका एक सांसदलाई अविश्वासको प्रस्तावमा मत दिन रोकेर सरकारले गुण्डागर्दी गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।

बुधबार गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यसूचि थियो।

तर, राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही 'बेपत्ता' भएपछि प्रदेश सभाको बैठक स्थगित भएको छ।

तर 'बेपत्ता' बनाइएका भनिएका शाही चरक अस्पतालको आईसीयूमा भेटिएका थिए।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सरकारले स्वस्थ मानिसलाई अस्पतालको आईसीयूमा कसैलाई भेट्न नदिएर बन्दी बनाएको आरोप लगाए।

उनले अविश्वासको मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी गरेको भन्दै शाहीको पीसीआर परीक्षणको रिपोर्ट नै सार्वजनिक गरेका छन्।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको सांसद शाहीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ छ।

शाहीलाई चरक अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो।

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको थियो।

शर्माले ट्वीट गर्दै भनेकाछन्, ‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ? उपचारका नाममा बन्दी? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’

आफ्ना सांसद बेपत्ता भएको भन्दै जनमोर्चाले संसद बैठक स्थगित गर्न माग गरेपछि गण्डकी प्रदेश सभा अनिश्चित समयमा लागि स्थगित भएको छ।

बैशाख २ गते मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव कांग्रेसका सांसद कृष्णचन्द्र पोखरेलले टेबुल गरेका थिए।

सो अविश्वासको प्रस्तावमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएका छन्।

मुख्यमन्त्रीमा कांग्रेसबाट पोखरेललाई प्रस्ताव गरिएको छ।

तर, कांग्रेसकै मुख्यमन्त्री बन्न नदिनेगरी सरकारले सांसद बन्दी बनाएपछि कांग्रेस असन्तुष्ट भएको हो।

सो प्रदेशमा नेकपा एमाले २७, कांग्रेसका १५, माओवादी केन्द्र १२ (सभामुखसहित) जनमोर्चा ३, जसपा २ र १ जना स्वतन्त्र सांसद रहेका छन्।

अविश्वासको प्रस्तावको पक्षमा मत दिने सांसद नै गायब पारेपछि अविश्वासको प्रस्ताव तुहाउने सरकारको योजना रहेको भन्दै कांग्रेस आक्रोशित भएको हो।

@PM_Nepal यो हेर्नुस् गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहिको कोभिड परिक्षण नेगेटिभ आएको रिपोर्ट !

स्वस्थ,तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसियुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दि ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दि ? pic.twitter.com/GFCSssjC6I

— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 28, 2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .