सत्तारुढ दल नेपाल कम्यु्निस्ट पार्टी (नेकपा)को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टी एकताका बाँकी काम टुंग्याउनका लागि बैठक बस्न लागेको हो।
शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवासमा बैठक सुरु भएको नेकपाका एक नेताले नेपालखबरलाई बताए। यसअघि बिहीबार डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि रोकिएको थियो।
शुक्रबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएपछि दिउँसो ३ बजेका लगि बोलाइएको बैठक बिहान ११ बजे नै सुरु गरिएको हो। आजको बैठकले विभागको नेतृत्वका बारेमा टुंगो लगाउने ती नेताले नेपालखबरलाई बताए।
विभागको विषयलाई लिएर पूर्व एमालेमा विवाद रहँदै आएको छ। महिला, मजदुर र युवा विभागको नेतृत्वमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेका नाममा माधव नेपालले फरक मत राख्दै आएका छन्।
त्यस्तै लामो समयदेखि सहमति हुन नसकेको स्कुल विभागमा पनि विवाद कायमै छ। स्कुल विभागमा पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्व एमालेबाट ईश्वर पोखरेलले दावी गर्दै आएका छन्।
Shares
प्रतिक्रिया