राजनीति


माओवादी केन्द्रको स्थायी समिति बैठक आज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ४:४,

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता लीलामणि पोख्रेलले जानकारी दिए।

आजको बैठकमा पार्टीको विधान संशोधन, प्रदेश २ मा रिक्त रहेको एक समानुपातिक सांसदको नियुक्तिसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी स्रोतले जनाएको छ।

ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र प्रदेश २ ले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वालाकुमारी साह र मोहम्मद समिरलाई चैत ३० गते पदमुक्त गर्न सिफारिस गरेको थियो।

मंगलबारको बैठकले रिक्त समानुपातिक प्रदेश सांसद नियुक्तिको सिफारिस गर्न लागेको हो।

प्रत्यक्ष निर्वाचित सांसद पदमुक्त भएपछि रिक्त पदमा उपनिर्वाचन गराउनुपर्छ तर समानुपातिकको हकमा भने बन्द सूचीमा दोस्रो नम्बरमा रहेका उम्मेदवारलाई चयन गरिने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad