राजनीति


कर्णालीमा पार्टी ह्विप उल्लंघन गर्ने ४ प्रदेश सांसद पदमुक्त

कर्णालीमा पार्टी ह्विप उल्लंघन गर्ने ४ प्रदेश सांसद पदमुक्त

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १०:३०,

कर्णाली प्रदेशमा पार्टी ह्वीप उल्लंघन गर्ने एमालेका चार सांसद पदमुक्त भएका छन्।

बैशाख ३ गते भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिएको विश्वासको मतको पक्षमा एमालेका चार सांसदले मत दिएका दिएपछि उनीहरुलाई एमालेले पार्टी र सांसद पदबाट हटाएकोे हो।

प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सांसदबाट पदमुक्त गरिएको कर्णाली प्रदेश नेकपा एमालेका मुख्य सचेतक गुलावजंग शाहले नेपालखबरलाई जानकारी दिए।

उनले चारै जनालाई पदमुक्त गर्ने पत्र सोमबार प्रदेश सभामा पेस भएपछि सभामुख राजबहादुर शाहीले पढेर सुनाएका थिए ।

आइतबार एमाले संसदीय दलले चार सांसदले दल त्याग गरेको सूचना प्रदेश सभामा दर्ता गरेको थियो। सो पत्र सोमबार प्रदेश सभामा पढेर सुनाउँदै सभामुख शाहीले चार सांसदको पद रिक्त रहेको जानकारी गराए।

आफूलाई विश्वासको मतमा साथ दिने तीन जना सांसदलाई मुख्यमन्त्री शाहीले मन्त्री बनाइसकेका छन्। यसअघि सोहि सरकारमा आर्थिक मामिलासम्बन्धी मन्त्री रहेका प्रकाश ज्वाला भने मन्त्री बनिसकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad