राजनीति


केपी ओलीविरुद्ध माधव नेपालसहितका नेताहरुको रिटमाथि सुनुवाइ जारी

केपी ओलीविरुद्ध माधव नेपालसहितका नेताहरुको रिटमाथि सुनुवाइ जारी

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ७:४४,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार सांसदले दायर गरेको अध्यक्ष केपी ओलीविरुद्धको रिटमा सुनुवाइ भइरहेको छ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सोमबार सुनुवाइ जारी रहेको सर्वोच्चले जनाएको छ।

यसअघि आइतबार पनि पेसी तोकिए पनि सुनवाइ हुन सकेको थिएन।

नेपालसहित चार सांसदले नेकपा एमालेलाई एकीकरण पहिलेकै अवस्थामा फर्काउनु पर्नेमा त्यसो नगरेको र आफूहरुलाई थप कारबाही गर्न लागेको भन्दै त्यसलाई रोक्न माग गर्दै वारेसमार्फत् गत बिहीबार रिट निवेदन दर्ता गराएका थिए।

नेपालसँगै पार्टीका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्यले अध्यक्ष ओलीविरुद्ध रिट दायर गरेका हुन्।

यी चारै नेतालाई ओलीले पार्टीविरोधी गतिबिधि गरेको आरोप लगाएर ६ महिनाका लागि निलम्बन गरेका छन।

उनीहरुलाई सांसद पदबाट समेत निष्काशन गर्ने तयारीका साथ स्पष्टीकरण सोधिएपछि उनीहरु सर्वोच्च पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad