राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले अन्य काम छाडेर कोरोना महामारी नियन्त्रणका ध्यान केन्द्रित गर्न अनुरोध गरेका छन्।
कोरोना अनियन्त्रित र विकराल बन्दै गएकाले जनता सहयोग र भरोसाको खोजमिा रहेकाले यस विषयमा प्रधानमन्त्री आफैं सक्रिय हुन आवश्यक भएको अध्यक्ष थापाले बताएका छन्।
‘केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दछु,’ थापाले सामाजिक सञ्जालतर्फत भनेका छन्, ‘कोरोना अनियन्त्रित र विकराल बन्दैछ। यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन्। दुःखको बेला जनता भरोसा खोजिरहेछन्।’
यो पनि : कोरोनाका कारण अस्पताल बन्द हुँदै गर्दा दिनहुँ भीड जम्मा गर्दै हिँडिरहेछन् प्रधानमन्त्री
Shares
प्रतिक्रिया