राजनीति


कोरोनाले सबैभन्दा प्रभावित भारतलाई सहयोग गर्ने अमेरिका र पाकिस्तानको वाचा

कोरोनाले सबैभन्दा प्रभावित भारतलाई सहयोग गर्ने अमेरिका र पाकिस्तानको वाचा

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ६:१६,

तर भारत यतिबेला विश्वमै कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र हो। किनभने यहाँको दैनिक संक्रमित र मृत्युदर सबैभन्दा उच्च छ।

यहाँ दैनिक ३ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिँदा दैनिक २ हजार बढीको भाइरस संक्रमणका कारण ज्यान गइरहेको छ।

भारतमा आइतबार लगातार चौथो दिन ३ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो। यस्तो आजसम्म विश्वका कुनै देशमा भएको थिएन।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ६ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै यस अवधिमा २ हजार ७ सय ६० संक्रमितको मृत्यु भएको छ।

पछिल्लो ३ दिनमा मात्र भारतमा कोरोना संक्रमणका कारण ७ हजार ५ सय जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिका र पाकिस्तानद्वारा सहयोगको वाचा

भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएपछि अमेरिका र पाकिस्तानले तत्काल सहयोग गर्ने वाचा गरेका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ट्विटरमा भनेका छन्,‘हामी कोरोनाविरुद्ध हाम्रो साझेदार राष्ट्र भारतसँग मिलेर काम गर्न लागेका छौं। हामी भारतका स्वास्थ्यकर्मीको मद्दतको लागि अतिरिक्त समर्थन चाँडो पठाउँछौं।’

अमेरिकाले भारतको सहजताको लागि भारतमाथि लगाएको निर्यात प्रतिबन्ध पनि हटाउने बताएको छ।

यस्तै पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेसीले पाकिस्तानले भारतलाई भेन्टिलेटर, एक्सरे मेसिन, पीपीइ र अन्य आवश्यक सामग्री प्रस्ताव गरिसकेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .