राजनीति


पहिला अक्सिजन सिलिन्डर, भेन्टिलेटर जोहो गरौं, राममन्दिर, धरहरा बनाउँदै गरौंला : डा. भट्टराई

पहिला अक्सिजन सिलिन्डर, भेन्टिलेटर जोहो गरौं, राममन्दिर, धरहरा बनाउँदै गरौंला : डा. भट्टराई

नेपालखबर
बैशाख १२, २०७८ आइतबार १:४२,

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यो कोरोना महामारीको दोस्रो लहरमा जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर भट्टराईले अहिले सरकार अरू नअलमलिएर अस्पतालमा अक्सिजन, भेन्टिलेटरलगायत अत्यावश्यक सामग्री युद्धस्तरमा जोहो गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिएका छन्।

‘कोभिड–१९ को घातक दोस्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो,’ शनिबार राति डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वको हटस्पट बनेको भारतसँगको खुला सीमानामा आवश्यक व्यवस्थापन गरौं।’

सरकारलाई सुझाव दिँदै उनले अगाडि लेखेका छन्, ‘अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामग्रीको युद्धस्तरमा जोहो गरौं। राममन्दिर, पशुपतिका गजुर, भ्युटावर,धरहरा बनाउँदै गरौंला !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad