नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कोरोना महामारीले देशमा कहालीलाग्दा दिन सुरु भएको भन्दै गम्भीर चिन्ता प्रकट गरेका छन्।
आइतबार बिान सामाजिक सञ्जालमार्फत डा. भण्डारीले सत्तारूढ दलहरूलाई अहिले राजनीतिक खिचातानी छाडेर जनता बचाउने अभियान लाग्न सुझावसमेत दिएका छन्।
‘कहालीलाग्दा दिन, सहन नसकिने घटनाहरू ! हाहाकार हुँदैछ, जनतालाई साँच्चै पीडा छ,’ कांग्रेस नेता भण्डारीले लेखेका छन्, ‘कोरोना सबैको पीडा भो। जनताले सहाराविहीन सोच्दै छन्।’
सुझाव दिँदै उनले अगाडि लेखेका छन्, ‘थाँती राख तिम्रा पार्टी र विवादहरू। एउटै बनेर सोच जनताका लागि। गर्न सक्ने जति गर ,पापबाट बच। सबै निरोगी सहयोगी बनौं, जो सँग जे छ, सहयोग गरौं !!!’

प्रतिक्रिया