जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको रिक्त उपनिर्वाचनमा नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापालाई उम्मेवार बनाउने भएको छ।
वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका थापाको माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि राष्ट्रियसभा पद गुमेको थियो।
एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको शुक्रबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री थापालाई रिक्त पदमा उम्मेदवार बनाउने बताएका हुन्।

प्रतिक्रिया