राजनीति


माओवादी बैठकः सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिने भनी निर्णय गर्ने अख्तियार प्रचण्डलाई

माओवादी बैठकः सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिने भनी निर्णय गर्ने अख्तियार प्रचण्डलाई

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १०:१०,

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिने भन्ने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

आज बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको हो।

‘वर्तमान केपी शर्मा ओलीको सरकारलाई समर्थन नरहेको बारेमा औपचारिक जानकारी लिखितरुपमा कहिले दिने भन्नेबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ,’ बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

यसअघि उनले सरकारलाई माओवादीलाई दिएको समर्थन व्यवहारिकरुपमा फिर्ता लिइसकेको तर औपचारिक रुपमा जानकारी गराउन मात्र बाँकी रहेको बताएका थिए।

यो पनिः 
सरकारलाई दिएको समर्थन औपचारिकरुपमा फिर्ता लिनमात्र बाँकी छः माओवादी केन्द्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad