राजनीति


सभामुख सापकोटाविरुद्धको मुद्दा : ६ वर्षमा १२औं पटकको पेसी पनि सर्‍यो

सभामुख सापकोटाविरुद्धको मुद्दा : ६ वर्षमा १२औं पटकको पेसी पनि सर्‍यो

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ८:३६,

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा बुधबार पनि सुनुवाइ हुन सकेन।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी तोकिएको भए पनि हेर्न नभ्याइने भन्दै सुनुवाइ हुन नसकेको हो।

द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि भएको हत्यामा सापकोटालाई प्रमुख दोषी बनाएर उनीविरुद्द मुद्दा दर्ता भएको छ। तर १२औं पटक पेसी चढे पनि सुनुवाइ भने सरेको स¥यै छ।

पहिलो पटक यो मुद्दा २०७२ सालको चैत २२ गते संवैधानिक इजलासमा पुगेको थियो। तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो मुद्दा संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो।

त्यसपछि पनि पटक पटक पेसीमा चढे पनि अन्तिम सुनुवाइ भने हुन सकेको छैन।

सर्वोच्चले मुद्दा चलाउनुपर्ने निर्णय गरे जिल्ला अदालत काभ्रेमा र मुद्दा नचलाउने आदेश दिए सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्नेछ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको सो इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad