चौधरी ग्रुपको उत्पादन ‘वाइवाइ जिङ’ तयारी चाउचाउ उपभोग गरेर उदयपुर त्रियुगा नगरपालिका, गाईघाट ११ का विनोद कुमार खड्काले स्कुटर उपहार प्राप्त गरेका छन्।
‘जिङमा जित उपभोक्ता उपहार योजना’ कार्यक्रमअन्तर्गत १०औँ स्कुटर वितरण कार्यक्रम पनि सम्पन्न भएको छ।
मंगलबार सीजी फुड्स (नुडल्स डिभिजन) का प्रदेश १ प्रमुख (सेल्स हेड) पुण्य प्रसाद लुइँटेल, सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्रोमोसन) रवीन्द्र मास्केलगायतको टिम गाईघाट पुगेर पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो।
लुइँटेलसँगै भर्खरै सम्पन्न ‘वाइवाइ मिस उदयपुर’ दोस्रो सिजनकी विजेता निष्मा राउतले बिजेतालाई स्कुटरको चाबी हस्तान्तरण गरेकी थिइन्।
लुइँटेलले विजेतालाई बधाई दिँदै यो उपहार मात्रै नभएर उपभोक्तालाई सहज जीवनयापन गर्नको लागि कम्पनीले यो एक किसिमको सहुलियत प्रदान गरेको पनि बताए।
यस्तै उनले उपभोक्ताको अत्यधिक मागका कारण यो योजनाले अझै निरन्तरता पाउने समेत जानकारी गराए।
उक्त कार्यक्रममा कम्पनीका प्रदेश १ सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्रोमोसन) रवीन्द्र मास्केले सीजी फुड्सद्वारा उत्पादित वाइवाइ जिङ चाउचाउको जिङमा जित उपहार योजनाअन्तर्गत उपभोक्ताहरुले अझ धेरै स्कुटरहरुको साथै ट्याब्लेट, स्मार्ट वाच, स्केटिङ साइकल, साइकल, स्पिनिनर, लुडोलगायत हात खाली नजाने उपहारहरु जित्न सकिने बताए।

प्रतिक्रिया