ad ad

राजनीति


नेपाल समूहद्वारा पार्टी स्थापना दिवसको कार्यक्रम स्थगित

नेपाल समूहद्वारा पार्टी स्थापना दिवसको कार्यक्रम स्थगित

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ११:४०,

कोरोना महामारी फैलिएको भन्दै नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी स्थापनाको दिवसको अवसर बिहीबार आयोजना गरिने कार्यक्रम स्थगित गरेको छ।

प्रचार विभागका प्रमुख योगेश भट्टराईले वैशाख ९ गतेका लागि प्रज्ञा भवनमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गरिएको जनाएका छन्।

‘कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भइरहेको छ। यही परिस्थीतिलाई मध्यनजर गर्दै ९ वैशाख २०७८ मा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रम स्थगित गरिएको छ’ भट्टराईले भने ‘तर संक्रमण नफैलिएका जिल्लाहरुमा भने जारी स्वास्थ्य मापदण्डको पालना गरेर कार्यक्रमहरु गर्न सबैमा अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .