राजनीति


चैते दसैंका अवसरमा आज कर्णालीमा सार्वजनिक बिदा

चैते दसैंका अवसरमा आज कर्णालीमा सार्वजनिक बिदा

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ४:५५,

कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैते दशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्व झैँ उत्सवका साथ मनाउने गरिन्छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ।

प्रदेश सरकारले चैते दशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .