राजनीति


संसद्को सामना गर्न नसकेर सरकारले हठात् अधिवेशन अन्त्य गर्‍योः प्रकाशमान सिंह

संसद्को सामना गर्न नसकेर सरकारले हठात् अधिवेशन अन्त्य गर्‍योः प्रकाशमान सिंह

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ६:३४,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हठात् संसद् स्थगित गरेर संसदको मानमर्दन गरेको बताएका छन्।

सरकारले संसद फेस गर्न नसकेर पटक–पटक संसदमाथि प्रहार गर्नु कायरता प्रदर्शन भएको नेता सिंहले बताएका हुन्।

अलोकतान्त्रिक कदम उठाउने सरकारले फेरि पनि संसदीय व्यवस्थामाथि अर्को प्रहार गरेको उनको भनाइ छ।

नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास समेत जारी राखेको बताए।

नेपाल प्रेस युनियन काठमाडौ शाखाले सोमबार काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरिरहेको र सबै मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने बताए।

नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेता सिंहले भने, ‘ओली सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरिरहेको छ। सबै मिलेर प्रतिवाद गर्नुपर्छ।’

साथै उनले पत्रकारहरुले वास्तविक, निष्पक्ष ढङ्गले कलम चलाई देश र जनाताको पक्षमा काम गर्नुपर्ने बताए।

फरक प्रसंगमा नेता सिंहले कोरोना नियन्त्रणमा सरकार उदसीन भएको बताए।

‘ओली सरकारले राजनैतिक र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाइसकेको छ’, उनले भने, ‘यो सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन।’

साथै नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली काग्रेसको नेतृत्वमा सरकार भन्नुपर्ने बताए।

‘संविधान मिच्न अनि सरकारमा बसिरहने यो सरकारसँग नैतिकता अलिकति पनि छैन। नैतिकता गुमाएका व्यक्तिलाई प्रधानमन्त्री मानिरहन सकिन्न’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad