ह्युस्टनको सो दुर्घटनामा परेर दुई व्यक्तिको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ।
विश्वकै दोस्रो धनाढ्य व्यक्ति इलोन मस्कको विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चालकविहीन कार निर्माण गरेको हो।
प्रहरीका अनुसार घटनास्थलमा पुग्दा चालक सिटमा कोही बसेका थिएनन्।
चालक बिनै चलेको यस कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएपछि विभिन्न शंका उपशंका उत्पन्न भएका छन्।
प्रहरीका अनुसार सन् २०१९ मा निर्माण भएको मोडेल एसको कार उच्च स्पिडमा चलेको थियो। रोड बाहिर सय फिट पर गएर कार रुखमा ठोक्किएको थियो।
घटनामा ५९ र ६९ वर्षका मानिसको मृत्यु भएको छ। उनीहरु कार पछाडि बसेका थिए। यो घटनासँगै टेस्लाको चालकविहीन कारको सुरक्षाको विषयमा प्रश्न उठाइएको छ।
(यसरी कुद्छ टेस्लाको चालकविहीन कार)
3
Shares

प्रतिक्रिया