प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) बालुवाटार (प्रधानमन्त्रीको निवास) मा आयोजना गर्ने भनिएको ‘सर्वदलीय बैठक’ मा सहभागी हुने कि नहुने भन्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टीका नेतासँग छलफलमा जुटेका छन्।
बालुवाटारमा अहिले बिहान ११ बजे सर्वदलीय बैठक राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जसमा अन्य दलका शीर्ष नेतासँगै देउवालाई पनि निमन्त्रणा छ।
तर विषय नखुलाइएको त्यस बैठकमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्न त्यसअघि देउवाले आफ्नो निवास बूढानीलकण्ठमा पार्टीका शीर्ष नेतासँग छलफल राखेका हुन्।
छलफलको निर्णयअनुसार प्रधानमन्त्रीले बालुवाटारमा राख्ने बैठकमा जाने वा नजाने टुंगो लाग्ने कांग्रेसका एक नेताले बताए।
ओली आफैंले फोन गरेर बोलाएका प्रचण्डले पनि आफू बालुवाटार नआउने कुरा यसअघि नै बताइसकेका छन्।
यो पनि : प्रचण्डलाई प्रधानमन्त्रीको फोन : ‘सर्वदलीय बैठकका लागि बोलाइएको होइन, उहाँ बालुवाटार जानुहुन्न’

प्रतिक्रिया