कर्णाली प्रदेश सभामा पार्टीको ह्विपविपरीत एमालेका ४ सांसदले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि देशमा राजनीतिक तरंग पैदा भएको छ।
कर्णालीमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षकै १ र माधवकुमार नेपालपक्षीय ३ गरी एमालेका ४ सांसदले पार्टीको निर्देशन उल्लंघन गर्दै समर्थन जनाएर माओवादी नेतृत्वको सरकार जोगाइदिएको विषयमा एमालेकै दुई खेमा तथा अन्य दलका नेताहरूबाट विभिन्न खालका प्रतिक्रिया व्यक्त भइरहेका छन्।
यसै क्रममा माधवकुमार नेपाल पक्षीय एमाले नेत्री रामकुमारी झाँक्री सामाजिक सञ्जालमा लेख्छिन्, ‘अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई विद्रोहको अधिकार सुरक्षित हुन्छ।’

यो पनि : कर्णालीमा एमालेका ४ सांसदले ‘फ्लोर क्रस’ गरेपछि गोकुल बाँस्कोटा र सूर्य थापाका यस्ता प्रतिक्रिया
Shares

प्रतिक्रिया