प्रभु बैंककाे सञ्चालक समिति अध्यक्षमा लिलाप्रकाश सिटौला नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिले स्वतन्त्र सञ्चालकका रुपमा रहेका सिटौलालाई अध्यक्ष चयन गरेको हो।
बैंकका अनुसार बिहीबार बसेको सञ्चालक समतिको बैठकले उनलाई अध्यक्षमा चयन गरिएको हो।
सिटौला नेपाल राष्ट्र बैंकका अवकास प्राप्त व्यक्ति हुन्। उनले कार्यकारी निर्देशकबाट अवकास पाएका थिए। यसअघि कृषि विकास बैंककमा प्रमुख कार्यकारी अधिकृतको रुपमा पनि कार्यरत थिए।
उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्।
देवीप्रकाश भट्टचनले प्रभु बैंकको अध्यक्षबाट बाहिरिने निर्णय गरेसँगै सिटौलालाई चैत २३ गतेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक सदस्यमा चयन गरेको थियो।

प्रतिक्रिया