राजनीति


ओली पक्षकै १ र नेपाल पक्षका ३ सांसदको मत पाउँदा माओवादी मुख्यमन्त्री शाहीको पद सुरक्षित

ओली पक्षकै १ र नेपाल पक्षका ३ सांसदको मत पाउँदा माओवादी मुख्यमन्त्री शाहीको पद सुरक्षित

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ११:४८,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत पाएका हुन्।

सो प्रदेशका एक सांसदका अनुसार एमालेकै केहि सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मत हालेपछि उनको पद सुरक्षित भएको हो।

‘प्रधानमन्त्री केपी ओली पक्षकै एकजना एमाले सांसद र माधव नेपाल पक्षका तीनजना सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुभयो, जसका कारण उहाँको पक्षमा बहुमत पुगेको छ,’ ती सांसदले नेपालखबरसँग भने।

एमालेका प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेका हुन्।

बुढा ओलीपक्षीय सांसद हुन्।

३९ सदस्यीय प्रदेश सभामा माओवादीका १२ मात्र सांसद छन्।

सो प्रदेशमा एमालेका २० (सभामुखसहित), कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्।

विश्वासको मतका लागि आज शुक्रबार भएको मतदानमा ३७ सांसद उपस्थित थिए।

त्यसमध्ये शाहीको पक्षमा २२ मत खसेको थियो।

यो पनि:
कर्णाली प्रदेशमा विश्वासको मतः मुख्यमन्त्री शाहीको पक्षमा बहुमत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad