समाज


कोरोनाको लक्षणसहित १०२ जना विद्यार्थी एकसाथ बिरामी, विद्यालय अनिश्चित कालका लागि बन्द

कोरोनाको लक्षणसहित १०२ जना विद्यार्थी एकसाथ बिरामी, विद्यालय अनिश्चित कालका लागि बन्द

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ३:३१,

दोलखाको बिगु गाउँपालिका–८ खोपाचाँगुमा रहेको हिमालय माविका एक सय भन्दा धेरै विद्यार्थी र शिक्षकमा एकसाथ रुघाखोकी र ज्वरोको समस्या देखिएको छ।

कोरोनासँग मिल्दो लक्षणसहित रुघाखोकी र ज्वरोले शिक्षक विद्यार्थी बिरामी पर्न थालेपछि बिहीबारदेखि विद्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ। देशमा कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गाउँमा कोरोनाको जस्तै लक्षण भएका बिरामीको संख्या बढ्दै गएपछि स्थानीयबासी त्रसित भएका छन्।

विद्यालयमा अध्ययनरत १ सय २ जना विद्यार्थी र ६ शिक्षकमा रुघाखोकी र ज्वरोको समस्या देखिएको प्रधानाध्यापक कालु जिरेलले जानकारी दिए।

शिक्षक विद्यार्थीमा ज्वरोको प्रकोप फैलिएपछि केही दिनका लागि विद्यालय बन्द गर्न निर्देशन दिइएको बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए।

‘बिरामीको स्वास्थ्य परीक्षणको लागि माथिल्लो निकायसँग सहयोग माग गरेका छौँ,’ अध्यक्ष खड्काले नेपालखबरसँग भने, ‘एकैपटक धेरै विद्यार्थी र शिक्षक किन बिरामी भए, त्यसको निक्र्योल गर्न हामी लागि परेका छौँ।’ गाउँका अन्य केही व्यक्तिमा समेत ज्वरोसहित रुघाखोकीको समस्या देखिएको उनले बताए।

गाउँपालिकाको स्वास्थ्य शाखाले शिक्षक विद्यार्थीको उपचारको लागि घरघरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad