राजनीति


प्रदेशको राजनीति फरक छ, अविश्वास प्रस्तावको पक्षमा जनमोर्चा जाँदैनः मन्त्री लम्साल

प्रदेशको राजनीति फरक छ, अविश्वास प्रस्तावको पक्षमा जनमोर्चा जाँदैनः मन्त्री लम्साल

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ५:५९,

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारविरुद्ध ल्याउन लागिएको अविश्वास प्रस्ताव सामना गर्न आफुहरु तयार रहेको बताएका छन्।

नेपालखबरसँग कुरा गर्दै मन्त्री लम्सालले जनताको समृद्धिको आकांक्षाविरुद्ध यस्तो कदम चाल्न लागिएको आरोप लगाए।

प्रदेश सरकार आफ्ना काममा अघि बढिरहँदा यस्तो प्रयास हुनु दुर्भाग्य रहेको उनको भनाइ छ।

तर प्रदेश सरकारले भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज बिहीबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका बेला प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिश गरेको छ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको सूचना जारी गरिसकेका छन्।

मन्त्री विकास लम्सालका अनुसार हिजो बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको हो।

मन्त्री लम्सालले अन्य दल अविश्वास प्रस्तावको यात्रामा देखिए पनि राष्ट्रिय जनमोर्चा त्यता नलाग्ने दावी गरे।

‘मतदाताको भावनाअनुसार पनि यहाँ जनमोर्चा अविश्वासको प्रस्तावमा अघि आउँदैन,’ उनले भने, ‘केन्द्रमा जे भए पनि प्रदेशको राजनीतिक परिस्थिति फरक छ।’

तर हिजो बुधबार मात्र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अविश्वासको प्रस्तावलाई समर्थन गर्ने बताएका थिए।

अविश्वासको प्रस्तावलाई समर्थन गरे पनि सरकारमा भने नजाने उनले बताएका थिए।

गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी गरिरहेका छन्।

अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि आज मात्र प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको हो।

यो पनि:

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव आउनै लाग्दा प्रदेश सभाको अधिवेशन नै अन्त्य

गण्डकी प्रदेश सरकार फेर्न यसरी जुट्यो कांग्रेस–माओवादी सहमति

लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री फेर्ने कसरतमा कांग्रेस–माओवादी

आफूलाई हटाउने योजनामा लागेपछि माओवादी–कांग्रेसविरुद्ध मुख्यमन्त्री पोखरेलले पोखे आक्रोश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad