कारोबार


नबिल बैंकको स्मार्टएपमा कार्ड इन्टिग्रेसन सेवा सुरु (भिडिओ)

नबिल बैंकको स्मार्टएपमा कार्ड इन्टिग्रेसन सेवा सुरु (भिडिओ)

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ५:४९,

आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले नबिल स्मार्टबैंक एपमा कार्ड इन्टिग्रेसन सुविधा सुरु गरेको छ।

सुविधाअन्तर्गत अब ग्राहकहरुले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता/निष्क्रियता तथा कार्डमार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्टबैंक एपद्वारा नै गर्न सक्नेछन्।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोशेढुङ्गाको रुपमा काम गर्दै आएको छ।

यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको सुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ। 

नबिल बैंकको स्मार्टएपमा कार्ड इन्टिग्रेसन सेवा सुरु, हेर्नुहोस् भिडिओः

Posted by Nepalkhabar on Thursday, April 15, 2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad