राजनीति


पहिलो चरणमा खोप लगाएकालाई वैशाख ७ देखि ११ सम्म दोस्रो डोज दिइने, यी हुन उपत्यकाका खोप केन्द्रहरु

पहिलो चरणमा खोप लगाएकालाई वैशाख ७ देखि ११ सम्म दोस्रो डोज दिइने, यी हुन उपत्यकाका खोप केन्द्रहरु

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ८:३८,

सरकारले आगामी वैशाख ८ गतेदेखि पहिलो चरणका कोरोना भाइरसविरुद्धको खोप लगाएकालाई दोस्रो डोज खोप दिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा खोप लगाएकाहरुलाई दोस्रो डोज खोप दिइन लागेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

‘पहिलो चरणमा भारतबाट अनुदानमा आएको खोप लगाएकाहरुलाई वैशाख ७ बाट दोस्रो डोजको खोप दिने निर्णय भएको थियो, यसका लागि खोप केन्द्र समेत तोकिसकिएको छ’, प्रवक्ता गौतमले नेपालखबरसँग भने।

गत माघ १४ देखि फागुन १० सम्म सरकारले स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतलाई पहिलो चरणको खोप दिएको थियो। सोही खोप लगाएकालाई देस्रो डोज दिने तयारी भएको मन्त्रालयले जनाएको छ।

प्रवक्ता गौतमले देशैभरीका खोप केन्द्रबाट पहिलो चरणमा पहिलो डोज लगाएकाहरुलाई दोस्रो
चरणको खोप दिने तयारी अगाडि बढेको बताए।

उनले पहिलो चरणमा खोप लगाएको मिति अनुसार दोस्रो डोज दिइने व्यवस्था मिलाइएको बताए।

सरकारले त्यसका लागि खोप केन्द्र समेत तोकिसकेको छ।

मन्त्रालयले पहिलो चरणमा खोप लगाएकाहरुलाई आफूलाई पायक पर्ने स्थानमा खोप कार्डसहित गएर दोस्रो डोज खोप लगाउन अनुरोधसमेत गरेको छ।

काठमाडौँ उपत्काका २० अस्पतालमा दोस्रो डोज खोप दिइने मन्त्रालयले जनाएको छ।

राजधानीका बीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुकराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा दोस्रो डोज खोप लगाइने मन्त्रालयले जनाएको छ। त्यस्तै नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौं मेडिकल कलेज, क्षेत्रपाटी निशुल्क चिकित्सालय, हिमाल अस्पताल, जनमैत्री अस्पताल, स्तुपा अस्पताल, मदरल्याण्ड अस्पताल र ह्याम्स अस्पतालमा पनि दोस्रो डोज खोप लगाइने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .