कारोबार


एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद निष्काशनको बिक्री प्रबन्धकमा एनआईबीएल

एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद निष्काशनको बिक्री प्रबन्धकमा एनआईबीएल

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ८:२८,

एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

बैंकले गत असार १४ गते सम्पन्न गरेको आफ्नो १४औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्काशनको एजेन्डा अनुमोदन गरेको थियो।

बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्काशनको अजेन्डा पारित गरेको छ। यो हकप्रद १०० रुपैयाँ अंकित दरको सेयर पुँजी २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँबराबरको हुनेछ।

यसअनुसार बैंकले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गर्नेछ ।

उक्त सम्झौतामा दिनेश कुमार पोखरेल (प्रमुख कार्यकारी अधिकृत, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड), मेख बहादुर थापा (नायव प्रमुख कार्यकारी अधिकृत, एनआईबिएल एस क्यापिटल लिमिटेड) र सचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड)ले यही चैत २७ गते हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .