मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले सो पार्टीको सङ्गठन र सङ्घर्षसम्बन्धी कामबारे दुई महिने अभियान चलाउने भएको छ।
सो पार्टीको चैत २८ र २९ गते बसेको पोलिब्युरो बैठकले बैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
‘भारतीय विस्तारवादद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकसहित विशाल भूभागलाई फिर्ता गराउनेबारे गम्भीरतापूर्वक आवश्यक पहल नै नगरेको, राष्ट्रपतिद्वारा विभूषण/पदक प्रदान गर्ने प्रक्रियामा भारतद्वारा मिचिएको उक्त भूभागको पुरानै नक्सालाई कायम गरिएको र एमसीसी सम्झौता संसदमा पारित गराउने धृष्टता गरिँदै आएकोमा हाम्रो पार्टी सरकारको कडा विरोध तथा भत्र्सना गर्दछ,’ मंगलबार पार्टी महासचिव मोहन वैद्य किरणद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘साथै, देशको राष्ट्रिय स्वाधीनताको सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि सम्पूर्ण देशभक्त राजनीतिक शक्ति र आम जनसमुदायमा हार्दिक अपिल समेत गर्दछ।’
वक्तव्यको पूर्णपाठ:


प्रतिक्रिया