आफ्नो दल त्यागेर नेकपा एमाले ओली समूहमा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाहीस्वरूप कर्णाली प्रदेश सभा सदस्य (सांसद) पद खोसेपछि धर्मराज रेग्मीले प्रचण्डविरुद्ध लामो वक्तव्य जारी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै रेग्मीले प्रचण्डलाई कडा प्रश्न गरेका छन्, ‘आफैं टीका लगाएर अध्यक्ष हुने कमरेडले जननिर्वाचित प्रतिनिधिको पद खोस्न मिल्छ? ३५ हजार दैलेखी मतदाताको प्रतिनिधिलाई कसैको ठाडो आदेशले पदच्यूच गर्न मिल्छ?’
नेकपा छँदा ओली समूहमा लागेका रेग्मी सर्वाेच्च अदालतले माओवादी केन्द्र र नेकपा एमाले अलग्याइदिएपछि एमाले (ओली समूह) मै रहेका हुन्। जसलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापासँगै माओवादी केन्द्रका २३ नेतालाई केन्द्रीय सदस्य बनाउने क्रममा एमालेको केन्द्रीय सदस्य बनाएका छन्।
त्यसैले माओवादी केन्द्रले कारबाही गरेको हो।
हेर्नुहोस्, रेग्मीले फेसबुकमार्फत जारी गरेको वक्तव्य :
सार्वजनिक अपिल आदरणीय दिदिबहिनी तथा दाजुभाइ , म धर्मराज रेग्मी २०७४ सालको निर्वाचनमा दैलेख १,क. बाट बाम गठबन्धनको साझा ...

प्रतिक्रिया