राजनीति


सरकारको सही नीतिका कारण विप्लव र सीके राउत मूलधारमा : गृहमन्त्री थापा

सरकारको सही नीतिका कारण विप्लव र सीके राउत मूलधारमा : गृहमन्त्री थापा

नेपालखबर
चैत ३०, २०७७ सोमबार १४:१५,

गृहमन्त्री रामबहादुर थापाले सरकारले लिएको सही सुरक्षा रणनीतिका कारण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी र सिके राउतको पार्टी मूलधारमा आएको बताएका छन्।

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले मूलधार बाहिरका शक्तिहरुलाई नियन्त्रणमा गर्न राज्यले ‘प्रशासनिक कारबाही र राजनीतिक संवाद’ को दुई नीति लिएकोमा त्यो सफल भएको बताए। 

उनले भने, ‘यसअघिका सुरक्षा गोष्ठीमा विप्लव र सिके राउतले उत्पन्न गरेका सुरक्षा चुनौति प्रमुख विषय हुन्थे। यसपटकको गोष्ठिसम्म आइपुग्दा ती विषय गौण बन्न पुगे। हामीले उनीहरुलाई एकातर्फ प्रशासनिक कारबाही गरेर रक्षात्मक अवस्थामा पुर्यायौँ, अर्कोतर्फ वार्ताको माध्यमबाट समस्या समाधान गर्यौँ।’

उनले राज्यलाई नै चुनौति दिनेस्तरका समूहहरु अब नरहेको भन्दै अझै केही समूह जाति, क्षेत्र र धर्मका नाममा अस्थिरता निम्त्याउन प्रयासरत रहेकोले सुरक्षा निकाय त्यसतर्फ पनि सचेत हुन आवश्यक रहेको टिप्पणी गरे।

गृहमन्त्री थापाले सुरक्षा गोष्ठिमार्फत गण्डकी प्रदेशका ११ जिल्लाको सुरक्षा अवस्था, सकारात्मक र नकारात्मक पक्षबारे जानकारी आएको भन्दै अब सोही अनुसार नयाँ सुरक्षा रणनीति बन्ने विश्वास व्यक्त गरे।

उनले अहिले देखिएका कमजोरीलाई निर्ममतापूर्वक सच्याउन समेत मातहतका निकायहरुलाई निर्देशन दिए।

कोरोनाका कारण विगत एक वर्षदेखि हुन नसकेको सुरक्षा गोष्ठि गण्डकी प्रदेशबाट सुरु भएको छ। गोष्ठि आइतबारबाट सुरु भएकोमा आज गृहमन्त्रीले औपचारिक उद्घाटन गरेका हुन्।

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा आइतबारबाट सुरु भएको गोष्ठिमा गृहमन्त्री थापा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आन्तरिक मामिला मन्त्री रामशरण बस्नेत, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका आईजीपी सैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका युद्धकार्य निर्देशनालयका रथी तथा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका सीडीयो र जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .