राजनीति


वरिष्ठ नेता पौडेलका माइला भाइको मृत्युपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

वरिष्ठ नेता पौडेलका माइला भाइको मृत्युपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

नेपालखबर
चैत ३०, २०७७ सोमबार ६:१३,

नेपाली कांग्रेसको सोमबारका लागि बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदललगायत विषयमा छलफल गर्न सोमबार दिउँसो २ बजे बैठक बस्ने तय भएको थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको सोमबार निधन भएका कारण बैठक स्थगित भएको जानकारी आएको केन्द्रीय सदस्य रमेश रिजालले बताए ।

रामचन्द्रका भाइ गोविन्दराज चितवनको रत्ननगरमा बस्दै आएका थिए । यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो भाइको निधनले आफूलाई मर्माहत बनाएको प्रतिक्रिया दिएका छन् ।

‘मेरो प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले मैले आफूलाई एक्लो भएको महसुस गरेको छु। प्रिय भाइ गोविन्द तिम्रो आत्माको चीरशान्तिको कामना गर्दै स्वर्गवासको कामना गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad