ad ad

राजनीति


विद्यालय बन्द गर्ने कि नगर्ने? सरोकारवालाबीच शिक्षा मन्त्रालयमा छलफल

विद्यालय बन्द गर्ने कि नगर्ने? सरोकारवालाबीच शिक्षा मन्त्रालयमा छलफल

नेपालखबर
चैत ३०, २०७७ सोमबार २:४१,

स्कुले विद्यार्थीमा कोरोना संक्रमणदर दिनहुँ बढ्न थालेपछि शिक्षा मन्त्रालले आज (सोमबार) सरोकारवाला निकायसँग छलफल गर्दैछ।

संक्रमण नियन्त्रणका लागि विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा सरोकारवालाहरुको राय लिने उद्देश्यले छलफल गर्न लागिएको शिक्षामन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिए।

बिहान साढे ८ बजेदेखि शिक्षा मन्त्रालयमा छलफल सुरु हुँदैछ। छलफलमा विभिन्न शिक्षक संगठन, शिक्षाविद्, प्याव्सन, एनप्याव्सन, हिसान, सिटिइभिटी लगायत सरोकार निकायका प्रतिनिधि सहभागी हुने ढकालले बताए।

‘काठमाडौं उपत्यकाका स्कुले विद्यार्थीमा संक्रमण तीव्र बनेका तथ्यहरु सार्वजनिक भएका छन्,’ ढकालले नेपालखबरसँग भने, ‘केही विद्यार्थीको कोरोना संक्रमणकै कारण मृत्युसमेत भइसकेका घटना सार्वजनिक भएका छन्। यस्तो अवस्थामा विद्यालय बन्द गर्नुपर्ने सुझाबहरु मन्त्रालयमा आइरहेका छन्। यही सन्दर्भमा आवश्यक सुझाब लिन छलफल राखिएको हो।’

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य मन्त्रालयले संक्रमण बढी भएका स्थानका विद्यालय तथा क्याम्पस कम्तिमा ३ सातासम्म बन्द गर्न सरकारलाई सुझाब दिइसकेको छ।

तर, सिसिएमसी र स्वास्थ्य मन्त्रालयको यो प्रस्तावप्रति निजी विद्यालयको छाता संगठन प्याब्सनले भने असहमति जनाएको छ। पर्याप्त सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्नेमा प्याव्सनको जोड छ। प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .