राजनीति


अवसर छाडेर भविष्य खोज्दै माओवादीका मन्त्री र सांसदले एमाले रोजे : मुख्यमन्त्री पोखरेल

अवसर छाडेर भविष्य खोज्दै माओवादीका मन्त्री र सांसदले एमाले रोजे : मुख्यमन्त्री पोखरेल

नेपालखबर
चैत २९, २०७७ आइतबार ६:५८,

नेकपा एमालेका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अवसर छाडेर भष्विय खोज्दै माओवादीका मन्त्री र सांसदहरु एमालेमा लागेको बताएका छन्।

प्रदेश २ का चार सांसद र सुदूरपश्चिम प्रदेशका मन्त्री नै एमालेका लाग्नुका पछाडि भविष्य मुख्य कारण रहेको उनको भनाइ छ।

प्रदेश २ का सांसदहरु रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाह र मोहम्मद समिर केही समय अगाडि एमालेमा लागेका थिए। त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री रहेका झपट रावल पनि मन्त्रीबाट राजीनामा दिएर एमालेमा लागेका छन्।

उनले मन्त्री र सांसद जस्तो अवसर युक्त पदमा छाडेर उनीहरु भविष्यको खोजीमा एमालेमा प्रवेश गरेको भन्दै माओवादीको भविष्य नभएको बताएका हुन्।

‘प्रदेश २ मा ४ जना प्रदेश सभासदले माओवादी किन छोडे? सुपमा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे? यहाँ अवसर होइन, भविष्य प्रमुख बन्यो’, मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

No description available.

त्यस्तै संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणि थापा, खेलकुद मन्त्री दावा तामाङ पनि माओवादीमा प्रवेश गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad