कारोबार


नयाँ वर्षमा रिचार्जरको अफरः ७० प्रतिशतसम्म छुटमा ग्याजेट्स, मुलुकभर क्यास अन डेलिभरी

नयाँ वर्षमा रिचार्जरको अफरः ७० प्रतिशतसम्म छुटमा ग्याजेट्स, मुलुकभर क्यास अन डेलिभरी

नेपालखबर
चैत २९, २०७७ आइतबार ६:५७,

इ–कमर्स प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा ‘न्यु इयर सेल’ अफर सार्वजनिक गरेको छ।

मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो।

देशभर डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी गर्न सकिने जनाएको छ।

अफरमा एउटा ग्याजेट्स किन्दा अर्को एउटा सित्तैंमा पाइनेछ। यो अफर भने तोकिएका ब्राण्ड तथा ग्याजेट्मा मात्र लागू हुनेछ। त्यसै गरी नयाँ वर्षमा रिचार्जरबाट सामान खरिद गर्नेले गिफ्ट भौचर, क्यास प्वाइन्ट पनि पाउने छन्।

चैत ३० गते सोमबारदेखि आगामी वैशाख २ गतेसम्म चल्ने अफरमा सहभागि सबै ग्राहकलाई गोलाप्रथामा सहभागि गराई आकर्षक उपहार पनि वितरण गरिने ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए।

नयाँ वर्षमा धेरैले आफ्ना ग्याजेट् अपडेड गर्ने योजना बनाउने गरेकाले आकर्षक अफर सहित सेल सञ्चालन गरिएको बताएका ग्लाइडरले यसबाट सेवाग्राहीले लाभ लिन सक्ने बताए।

किस्ताबन्दीमा ग्याजेट्स खरिद गर्न चाहनेहरुले सेल अवधिमा बिना कुनै शुल्क प्रकृया अघि बढाउन सक्नेछन्। यस अवधिमा किस्ताबन्दीमा सामान खरिद गर्नेहरुलाई शुन्य प्रतिशत व्याजदरमा ग्याजेट्स उपलब्ध गराउने रिचार्जरले जनाएको छ।

गूगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइनेछ। यसका अलावा मोबाइल रिचार्ज गर्दा शतप्रतिशत र अन्य सेवाहरुको भुक्तानीमा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ। यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad