ad ad

राजनीति


बुढानिलकण्ठ बैठकपछि ठाकुरले भने : नयाँ सरकारबारे आज प्रस्ताव आयो, अब छलफल गछौँ

बुढानिलकण्ठ बैठकपछि ठाकुरले भने : नयाँ सरकारबारे आज प्रस्ताव आयो, अब छलफल गछौँ

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ११:४९,

राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले कांग्रेसले नयाँ सरकारबारे पहिलोपटक औपचारिक रुपमा प्रस्ताव गरेको बताएका छन्।

शुक्रबार कांग्रेस सभापति देउवाको आह्वानमा उनकै निवासमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष ठाकुरले कांग्रेसको प्रस्तावबारे आफूहरुले पार्टीमा थप छलफल गर्ने बताए।

‘कांग्रेसबाट पहिलो पटक सरकार बनाउने प्रस्ताव आएको छ, हामीले यस विषयमा कुनै छलफल गरेको छैन’, ठाकुरले भने।

उनले अहिले आफूहरुको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाइदिएको बताउँदै त्यसको फाइल प्रधानमन्त्रीसँग गइसकेको बताए।

‘हाम्रो मुद्दाको प्रश्न जो छ अहिलेका प्रधानमन्त्री ओलीले अगाडि बढाइदिनु भएको छ। यसाको फाइल उहाँको पासमा गइसकेको छ’, ठाुकरले भने।

उनले नयाँ सरकार गठनका विषयमा आफूहरु सकारात्मक रहे पनि सरकारको विकल्प खोज्ने विषयमा पार्टीले औपचारिक निर्णय नगरेको भन्दै यसबारे थप छलफल गर्ने बताए।

सरकारको विकल्प खोज्न जसपा तयार हो कि होइन्? भन्ने पत्रकारको प्रश्नमा ठाकुरले भने, ‘मैले अघि नै भने, हामीले छलफल गर्ने बाँकी छ। अहिले टुंगिएको छैन।’

अध्यक्ष ठाकुरले जसपालाई सरकारको नेतृत्व नभइ सरकारलाई सहयोग गर्नेबारे प्रस्ताव आएको बताए।

‘तीन दल मिलेर सरकार बनायm तपाईहरु सहयोग गर्नुहोस् भन्ने प्रस्ताव आयो’, सरकारको नेतृत्व गर्ने प्रस्ताव आएको हो? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हामी भनाइ थियो कि हाम्रो पार्टीले यस विषयमा छलफल गरेका छैनौँ, अब छलफल गर्ने हो।’

उनले जसपाका कारण नयाँ सरकारको विषय नरोकिएको बताए। ‘सरकार बनाउने त आज प्रस्ताव आयो, जसपाका कारण रोकिएको होइन’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .