राजनीति


मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मजदुरले भने : माग पूरा नभए उद्योगै बन्द गराउनेछौं

मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मजदुरले भने : माग पूरा नभए उद्योगै बन्द गराउनेछौं

नेपालखबर
चैत २७, २०७७ शुक्रबार २:४५,

अखिल नेपाल ट्रेड युनियन महासंघ बागमती प्रदेश समितिले मजदुर शोषण, दमन र निष्कासन बन्द गर्न माग गर्दै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

महासंघका अध्यक्ष जगत् सिंखडाको नेतृत्वमा महासंघका प्रदेश कमिटी इन्चार्ज प्रकाश श्रेष्ठ, सह-इन्चार्च सोम तामाङ, प्रदेश कमिटी अध्यक्ष शिव पोखरेल, मकवानपुर जिल्ला अध्यक्ष गंगा भट्टराईसहित सयौं मजदुरको सहभागितामा बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई बिहीबार ज्ञापनपत्र बुझाइएको हो।

बागमती प्रदेश समितिका अध्यक्ष शिवप्रसाद पोखरेलको हस्ताक्षर रहेको ज्ञापनपत्रमा बेतन वृद्धि, सामाजिक सुरक्षा कार्यान्वन, श्रम ऐनमा रहेका मजदुरविरोधी दफा खारेज तथा मजदुर निष्कासन र दमन बन्द गर्न माग राखिएका छन्।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पौडेलले ऐनमा व्यवस्था गरिएका सेवा, सुविधा तत्काल कार्यान्वयन गरिने तथा न्यूनतम पारिश्रमिक निर्धारणका लागि संघीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएका छन्।

त्यस क्रममा महासंघका प्रदेश समिति अध्यक्ष पोख्रेलले भने, ‘श्रम ऐनमा व्यवस्था भएअनुसार प्रत्येक २ वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने, साउन १ गतेबाट लागू गनुपर्ने प्रावधान उल्लंघन गर्दै ३ वर्षदेखि तलब वृद्धि गरिएको छैन। हाम्रो संगठन तत्काल महंगीको आधारमा २०७७ साउन १ गतेबाट न्यूनतम् पारिश्रमिक वृद्धि गर्न आग्रह गरिन्छ।’

आफूहरूको माग र लचकतालाई कमजोरीका रूपमा बुझिए सामाजिक सुरक्षा कार्यान्वयन नगर्ने उद्योग तथा प्रतिष्ठान बन्द गरिने चेतावनीसमेत उनले दिए।

उनले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन नगर्ने उद्योग तथा प्रतिष्ठान मजदुरहरूले बन्द गर्न बाध्य हुनेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad