राजनीति


पत्रकार महासंघको चुनाव : ललितपुरमा पोखरेल प्यानलका सागर न्यौपानेको समूह नै विजयी

पत्रकार महासंघको चुनाव : ललितपुरमा पोखरेल प्यानलका सागर न्यौपानेको समूह नै विजयी

नेपालखबर
चैत २६, २०७७ बिहिबार ०:२७,

नेपाल पत्रकार महासंघ ललितपुर शाखामा सागर न्यौपानेको समूहले नै विजय हासिल गरेको छ।

केही बेरअघि सम्पन्न मतगणनाअनुसार विपुल पोखरेल प्यानलका नेपालखबरकर्मी न्यौपाने २७६ मतसहित ललिततपुुर जिल्ला शाखाको अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिकी सदस्य रजिता थापाका अनुसार न्यौपानेको समूहले नै विजय प्राप्त गरेको हो।

जसअनुसार २३३ मतसहित रनसुर उपाध्यक्ष, २५० मतसहित राजु बस्नेत कोषाध्यक्ष, २६९ मतसहित रामहरि कार्की सचिव तथा २४० मतसहित रविन राई सहसचिवमा निर्वाचित भएका छन्।

ललितपुर शाखामा महासंघको २० सदस्यीय कार्यसमिति चयन भएको उनले जानकारी दिइन्।

देशभरसँगै बुधबार भएको मतदानमा ललितपुर शाखामा कूल मत ३८३ खसेको उनले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad