राजनीति


ललितपुरमा केन्द्रीय, प्रादेशिक र जिल्ला नेतृत्व तीनैतर्फ बिपुल पोख्रेल प्यानलको अग्रता

ललितपुरमा केन्द्रीय, प्रादेशिक र जिल्ला नेतृत्व तीनैतर्फ बिपुल पोख्रेल प्यानलको अग्रता

नेपालखबर
चैत २५, २०७७ बुधबार १८:२६,

नेपाल पत्रकार महासंघको ललितपुर शाखाको मतगणना गर्दा केन्द्रीय, प्रादेशिक र जिल्ला पदाधिकारी सबैतर्फ बिपुल पोखरेल नेतृत्वको प्यानलले प्रारम्भिक अग्रता लिएको छ।

उपत्यका प्रदेश अध्यक्ष र महासचिव पदका लागि भएको निर्वाचनको मतगणनामा १ सय मत गणना हुँदा अध्यक्षमा पोखरेल प्यानलका श्रीजन झाले ७२ र महासचिवमा सोहि प्यानलका टेकबहादुर रोकाले ६७ मत प्राप्त गरेका छन् भने निर्मला प्यानलबाट अध्यक्षमा जयराम बास्तोलाले २३ र महासचिवमा सबिन शर्माले ३६ मत पाएका छन्।

सोहि शाखामा उपत्यका प्रदेशको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा निर्मला शर्मा प्यानलका बिदुर ढुङेलले ४६ र हेमराज सिलवालले ३२ मत पाउँदा बिपुल पोख्रेल प्यानलतर्फका शान्तराम बिडारीले १०१ र ज्ञानप्रसाद पौडेलले १४० मत पाएका छन्।

जिल्ला नेतृत्वका लागि भएको मतदानमा सुरुको ५० मत गणना हुँदा बिपुल पोखरेल प्यानलका अध्यक्षका प्रत्याशी सागर न्यौपानेले ३५ मत प्राप्त गरेका छन् भने निर्मला शर्मा प्यानलका बालमुकुन्द आचार्यले १० र स्वतन्त्र उम्मेदवार सृजना तिम्सिनाले ५ मत प्राप्त गरेकी छन्।

ललितपुर जिल्ला शाखामा कुल मतदाता ४ सय ५४ रहेकोमा ३ सय ८३ मत खसेको थियो।

सोहि शाखामा उपत्यका प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानमा ३ सय ७९ मत खसेको छ।

त्यसैगरी केन्द्रीय नेतृत्वका लागि ३ सय ८० मत खसेको प्रमुख निर्वाचन अधिकृत कमल गिरीले बताए।

यो पनि : 
उपत्यका प्रदेश केन्द्रीय सदस्यमा पौडेल र बिडारीको प्रारम्भिक अग्रता

पत्रकार महासंघ निर्वाचन : ललितपुरमा मतगणना सुरु

गोरखापत्रमा १ मत अन्तरले ढुंगेल विजयी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad