राजनीति


आफूलाई सबैभन्दा राष्ट्रवादी भन्ने ओलीले विदेशी शक्तिसमक्ष आत्मसमर्पण गरे: प्रचण्ड

आफूलाई सबैभन्दा राष्ट्रवादी भन्ने ओलीले विदेशी शक्तिसमक्ष आत्मसमर्पण गरे: प्रचण्ड

नेपालखबर
चैत २५, २०७७ बुधबार १२:२१,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिसामू आत्मसमर्पण गरेको बताएका छन्।

बुधबार सल्यानको सल्लीबजारमा आयोजित कार्यकर्ता भेटघाट तथा कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिटलरको उदाहरण दिँदै ओलीले पनि आफूलाई सबैभन्दा बढी राष्ट्रवादी भएको बताउँदै विदेशीसामू आत्मसमर्पण गरेको बताएका हुन्।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सबैले हस्ताक्षर गरेर जारी गरेको संविधान च्यात्ने, कुल्चने र मिच्ने काम गरेको आरोप लगाए।

‘यो संविधान सबैले हस्ताक्षर गरेर घोषणा गरिएको हो। त्यो संविधानलाई मिच्ने, च्यात्ने र कुल्चने कामको सुरुवात उहाँले गर्नुभयो। यो बडो बिडम्बना भयो। यस्तो सोचिएको थिएन।’

उनले इतिहासमा यस्ता घटना घटेको भन्दै कम्युनिस्ट पार्टीकै नेता विदेशीको शक्तिको अगाडि आत्मसमर्पण गर्ने र राष्ट्रलाई घात गर्ने, पार्टी विघटन गर्ने घटान पनि भएको बताए।

‘संसारमा सबैभन्दा राष्ट्रवादी मै हुँ भन्ने हिटलर हो। हिटलरले आफूजति राष्ट्रवादी कोही छैनन्, राष्ट्रविरोधीलाई मारेरै सक्नुपर्छ भन्थ्यो उसले। आफूलाई महान राष्ट्रवादी ठान्थ्यो, भन्थ्यो। तर, उजति तानाशाह ऊ जति फासिस्ट अरु कोही पनि भएन। दोस्रो विश्व युद्धमा २ करोड मान्छेको अन्त्यपछि हिटलरको अन्त्य भयो। यस्ता घटना अन्त त हुन्थे’, अध्यक्ष प्रचण्डले भने, ‘अहिले नेपालमा हाम्रै अगाडि केपी ओली नामको व्यक्तिद्वारा संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र सम्मृद्धिको सपना कुल्चिदिने र विदेशी शक्तिका सामू आत्मसमर्पण गर्ने घटना घट्यो।’

उनले आफूहरुले ओलीको कदमविरुद्ध आफूहरुले संघर्ष गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad