खोटाङको बराहपोखरी गाउँपालिका–२ बस्ने ७४ वर्षीया डम्बर कुमारी मगरको आगोले जलेर मृत्यु भएको छ।
आज दिउँसो १ बजेको समयमा स्थानीय तारेभिर जंगलमा आगलागी भएको र उक्त आगलागी प्रहरी तथा स्थानीयवासीहरुले नियन्त्रणमा लिने प्रयास भईरहेको अवस्थामा भीरको माथि बसिरहेकी वृद्धालाई एक्कासी आगोको लप्काले भेटेको थियो।
शरीरमा आगो लाग्दा घाइते भएकी उनको तत्काल उद्धार गरी उपचारको लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया