संघीय संसद सचिवालयले भोलि बिहीबार बस्ने प्रतिनिधि सभा बैठकका लागि सम्भावित कार्यसूची तय गरेको छ।
संसद सचिवालयले बुधबार दिउँसो तयार गरेको सम्भावित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी आयोग र थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ।
त्यसैगरी विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधिसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि तय गरिएको छ।
त्यसैगरी, सो बैठकमा राष्ट्रिय सभाका पूर्वसांसद तथा पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानांगको निधनमा श्रद्धाञ्जलि व्यक्त गरिनेछ।
सचिवालयले तयार गरेको सम्भावित कार्यसूचिमा बैठक बस्नुअघिसम्म अन्य विषय थपघट गर्ने सकिनेछ।
बिहीबारको बैठकबारे संसद सचिवालयले बुधबार तयार पारेको सम्भावित कार्यसूची


प्रतिक्रिया