राजनीति


सुदूरपश्चिम प्रदेश सभा सदस्य बोहरालाई माओवादी केन्द्रको निर्देशन : २४ घण्टाभित्र स्पष्टीकरण दिनुस्

सुदूरपश्चिम प्रदेश सभा सदस्य बोहरालाई माओवादी केन्द्रको निर्देशन : २४ घण्टाभित्र स्पष्टीकरण दिनुस्

नेपालखबर
चैत २५, २०७७ बुधबार ११:३४,

नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई नेकपा (माओवादी केन्द्र) ले २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीका सचिव नेपबहादुर चौधरीले बुधबार पत्र पठाउँदै अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित बोहोरालाई दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने भन्ने प्रश्न गर्दै जवाफ मागेका हुन्।

स्पष्टीकरण माग्दै पठाइएको पत्रमा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ बमोजिम कार्य गर्नुभएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्यसमेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नुभएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्काशन नगर्ने?’

थप कुरा तलको पत्रमा :

jhapatspastikaran 1

यो पनि : प्रदेश सांसद बोहरा भन्छन् : पद छाड्छु, ओली छाड्दिनँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad