ad ad

राजनीति


राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि

नेपालखबर
चैत २३, २०७७ सोमबार १०:५९,

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन मंगलबार (चैत २४) देखि सुरु हुँदै छ। सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनमोर्चा केन्द्रीय कार्यालयले जनाएको छ।

चैत २४ देखि २६ सम्म बुटवलमा हुने सम्मेलनको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्नेछन्। सम्मेलनको मूल नारा ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं! संघीयता खारेज गरौं, भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं!!’ तय गरिएको छ।

बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर राजमोले सम्मेलनको उद्घाटन सभाहलभित्र गर्ने जनाएको छ। सम्मेलनमा मास्क र सेनिटाइजरको व्यवस्थासहित स्वास्थ्य सतर्कत अपनाइने महासचिव जनकराज शर्माले जानकारी दिए।

सम्मेलनमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (माले), नेमकिपालगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना दिने कार्यक्रम रहेको छ। यस्तै, पार्टी निकट सबै भाइचारा संगठनका प्रतिनिधिहरुले उद्घाटनका क्रममा शुभकामना दिनेछन्।

दाेस्राे दिनकाे बन्दसत्रमा राजनीतिक प्रतिवेदन, विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ भने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। चैत २६ गते घोषणा सभा गर्ने कार्यक्रम रहेको छ।

महासचिव शर्माका अनुसार यो सम्मेलनपछि राजमोका प्रदेश समितिहरु कार्यकारी भूमिकामा रहनेछन्। अहिलसम्म ती समितिहरुले समन्वयकारी भूमिका खेल्दै आएका थिए।

सम्मेलनको सम्पूर्ण व्यवस्थापकीय तयारी पुरा भएको जनाइएको छ। विभिन्न जिल्लाहरुबाट प्रतिनिधि पर्यवेक्षक आउने क्रम सुरु भएको छ। राजमोको सम्मेलनमा केही जिल्लाबाहेक देशभरका अधिकांश जिल्लाहरुबाट प्रतिनिधित्व रहने राजमोले जनाएको छ।

राजमोको राष्ट्रिय सम्मेलन हरेक चार चार वर्षमा हुने गर्दछ। तर यसपटक कोरोना संक्रमणका कारण सम्मेलन एक वर्ष ढिला गरी हुन लागेको हो। तेस्रो सम्मेलन २०७२ सालमा बुटवलमै सम्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .