लेखक एवं नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जोगाउन लागिपरेको देख्दा आश्चर्य लागेको बताएका छन्।
प्रधानमन्त्री ओली मधेसविरोधी भएको आरोप साहित्यकार संग्रौलाको छ। तर ठाकुर अहिले तिनै ओलीको चरणमा शरण परेको सुन्दा लाजमर्नु भएको उनको कटाक्ष छ।

‘६२/६३को आन्दोलनमा बिरालाको घाँटीमा घण्टी बाँध्दै महन्थ ठाकुर दरबारविरुद्ध गर्जिँदा ओली सरले महन्थलाई गिज्याउँदै बयलगाडे सिध्दान्त रचेका थिए,’ शनिबार राति संग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले उनै महन्थ उनै ओली उग्र मधेसविरोधी ओली सरका चरणमा शरण परेर निजको सरकार जोगाउन लागिपर्या छन् भन्ने सुन्दा गाँठ्ठे, लाजैमर्नु भो !’

प्रतिक्रिया