समाज


बाँकेको नरैनापुरमा आगलागी हुँदा सयभन्दा बढी घर-गोठ ध्वस्त, ३ जना घाइते

बाँकेको नरैनापुरमा आगलागी हुँदा सयभन्दा बढी घर-गोठ ध्वस्त, ३ जना घाइते

नेपालखबर
चैत २१, २०७७ शनिबार १४:९,

बाँकेको नरैनापुरमा शनिबार आगलागी हुँदा सयभन्दा धेरै घर-गोठ जलेका छन्।

नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदावामा आगलागी हुँदा १ सय २० भन्दा धेरै घर-गोठ जलेर नष्ट भएको बाँकेका प्रहरी उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए। दिउँसो लागेको आगो साँझ मात्र नियन्णमा आएको छ।

नरैनापुर, नेपालगन्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँचवटा दमकलसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिएका हुन्।

आगलागीमा तीन जना घाइते भएका छन्। घाइते तीनै जना महिला हुन्। उनीहरूको उपचार नेपालगन्जमा भइरहेको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहित सुरक्षा निकायको टोली घटनास्थल पुगेको छ।

आगलागीपीडितलाई अहिले राहत वितरण भइरहेको एसपी रानाले बताए। रातिका लागि पाल र खाना व्यवस्था भइरहेको छ।

आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका थप प्याकेज ल्याउने तयारी प्रशासनको छ। खरले छाएका र आपसमा जोडिएका घर-गोठ तथा तीव्र हावाहुरीका कारण आगलागीबाट धेरै क्षति भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad