राजनीति


नेपाल–खनाल पक्षले राष्ट्रिय भेलाबाट पारित प्रतिवेदनलाई कार्यकर्तामाझ लैजाने, अभियानको टुंगो भोलि लगाउने

नेपाल–खनाल पक्षले राष्ट्रिय भेलाबाट पारित प्रतिवेदनलाई कार्यकर्तामाझ लैजाने, अभियानको टुंगो भोलि लगाउने

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १०:४९,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली एमाले विभाजन गर्न उद्दत रहेको निष्कर्ष निकालेको छ।

शुक्रबार काठमाडौँको कलंकीस्थित मेगा पार्टी प्यालेसमा बसेको नेपाल–खनाल पक्षको स्थायी समिति बैठकले विधानविपरीत पार्टीका नेतामाथि भएको कारबाहीले ओली एमाले विभाजन गर्न उद्दत छन् भन्ने पुष्टि गरेको निष्कर्ष निकालेको हो।

बैठकले उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही स्वेच्छाचारी कदम भएको बताउँदै उक्त कदमको निन्दा तथा भत्र्सना गरेको एमाले सचिव सचिव योगेश भट्टराईले जानकारी दिए।

‘आजको बैठकमा हाम्रो पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि केपी ओलीद्वारा गरिएको कारबाही लाई स्वेच्छाचारी कदमका रुपमा लिएको छ’, भट्टराईले भने, ‘यो कारबाही पार्टीको ९ औँ राष्ट्रिय महाधिवेशनको विधानविपरीत छ, पूर्वाग्रही छ। यसले कमरेड केपी ओली नेकपा एमाले विभाजन गर्न उद्दत हुनुहुन्छ भन्ने पुष्टि हुन्छ। यो कुरालाई हामीले निन्दा र भत्र्सना गरेका छौँ।’

नेता भट्टराईले चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत राजनीतिक प्रतिवेदन (अवधारणापत्र) माथि छलफलमा सहभागी १० टोलीले दिएका सुझाबसहित आजको बैठकमा छलफल गरिएको बताउँदै भोलिको छलफलबाट त्यसलाई अन्तिम रुप दिने र प्रकाशन गरेर कार्यकर्ताबीच पु¥याउने बताए।

‘आजको छलफलले केही दिन अगाडि सम्पन्न पार्टीको राष्ट्रिय भेला जुन प्रतिवेदन (अवधारणा पत्र) प्रस्तुत गरेका थियौँ। त्यो अवधारणा पत्रमा १० वटा टोलीबाट आएका सुझाबहरुलाई समेट्दै उक्त प्रतिवेदनमाथि पनि हामीले छलफल गर्यौँ’, उनले भने, ‘त्यसलाई भोलि बस्ने हाम्रो छलफलबाट अन्तिम रुप दिनेछौँ। त्यसलाई प्रकाशन गरेर पार्टीव्यापी रुपमा वितरण गर्ने निर्णय भएको छ।’

त्यस्तै बैठकले बैठकले राष्ट्रव्यापी कार्यक्रमको ढाँचा बनाएर अगाडि बढ्ने निर्णय गरेको सचिव भट्टराईले जानकारी दिए।

‘पार्टीको राष्ट्रिय भेलाले देशव्यापी रुपमा एमालेको संगठन बिस्तार र सुदृढीकरण गर्ने जुन निष्कर्ष निकालेको छ, आजको छलफलमा पनि सो अभियानलाई अगाडि बढाउने विषयमा छलफल भएको छ’, भट्टराईले भने, ‘त्यसका निम्ति राष्ट्रव्यापी कार्यक्रमको ढाँचा हामीले बनाउने भनेका छौँ, आज त्यसको केही प्रस्तावहरु प्रस्तुत भएको छ। भोलि बस्ने बैठकले त्यसलाई अन्तिम रुप दिन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .