राजनीति


विवेकशील साझा पार्टीको युवा संगठन समायोजन

विवेकशील साझा पार्टीको युवा संगठन समायोजन

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ९:२५,

विवेकशील साझा पार्टीको युवा संगठन समायोजन कार्यदलले पार्टीका दुई युवा संगठन समायोजन गरेको छ।

पूर्व साझा पार्टी निकट साझा युवा संगठन र पूर्व विवेकशील नेपाली दल निकटको नव युवा सञ्जाल समायोजन भई विवेकशील साझा युवा संगठन गठन भएको हो।

समायोजित संगठनमा दुवै पक्षबाट समानताका आधारमा ६ जना पदाधिकारी, केन्द्रीय सचिवालयमा २८ जना र केन्द्रीय समितिमा ६६ जना सदस्य रहनेछन्। प्रदेश र जिल्ला समितिहरु पनि सम्मानजनक सहभागिताका आधारमा समायोजन गरिने घोषणापत्रमा उल्लेख छ। २०७८ सालको आश्विनमा युवा संगठनको प्रथम महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ।

समायोजन घोषणापत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै पार्टी संयोजक मिलन पाण्डेले मुलुकको संविधान, संवैधानिक लोकतन्त्र, नागरिक सर्वोच्चतालाई शिरोपर गर्दै वैकल्पिक राजनीतिलाई सशक्त रुपमा अघि बढाउन र युवा वर्गमा आकर्षण ल्याउन सिर्जनशील सुसंस्कृत राजनीतिक केन्द्रको रुपमा विवेकशील साझा युवा संगठन उभिने बताए।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दुई युवा संगठन समायोजनप्रति खुशी व्यक्त गर्दै यसबाट देश विदेशमा रहेका आम युवाहरुलाई पार्टीमा आकर्षित गर्न सघाउ पुग्ने बताए। उनले यस समायोजनले युवा संगठनलाई देशव्यापी विस्तार गर्न सुसंस्कृत राजनीति कल्याणकारी लोकतन्त्र स्थापित गर्न र नेपालको राजनीतिक रुपान्तरणमा इटा थप्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad