ad ad

राजनीति


ओली–नेपाल पक्षबीच जुहारी : शंकर पोखरेललाई डा. विजय पौडेलको कडा प्रश्न

ओली–नेपाल पक्षबीच जुहारी : शंकर पोखरेललाई डा. विजय पौडेलको कडा प्रश्न

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ३:३३,

नेकपा एमालेको अन्तरद्वन्द्व उत्कर्षमा पुग्दै गर्दा अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताबीच एकअर्कालाई आरोप–पत्यारोप गर्ने सिलसिला चलिरहेको छ।

यसै क्रममा शुक्रबार बिहानै ओली पक्षका नेता शंकर पोखरेलले माधव नेपालविरुद्ध नवौं महाधिवेशनमा अध्यक्ष पदमा हारेको तोड अहिले परेको भनेर कटाक्ष गरे भने लगत्तै नेपाल पक्षका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले त्यसको प्रतिवाद गरेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले ट्विट गरेका छन्, ‘बुटवल अधिवेशनबाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा बस्ने विधान बनाइयो। तर नवौं अधिवेशनमा माधव कमरेड आफैं चौथो कार्यकालका लागि उमेदवार बन्नुभो र चुनाव हार्नुभो। आज एमालेभित्रको अन्तरसंघर्षमा त्यही हारको तोडले काम गरेको छ।’

यसै विषयमा डा. पौडेलले पोखरेललाई ट्विटरमै यसरी जवाफ दिएका छन्, ‘यिनै कुरा बैठकमा राखेर छलफल गर्न किन नचाहेको नि? बैठकबाट किन भागेको? बैठकभन्दा बाहिर आफूअनुकुल निर्णय भए बैठकमा जाने नत्र बैठकमै नजाने प्रवृति जिम्मेवार छैन र? अनि २ जेष्ठ २०७५ मा फर्केर एकता गर्न किन नहुने? षड्यन्त्रले काम गर्दैन मित्र।’

shankar vijay

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .